अवरुद्ध हेलम्बु राजमार्ग सञ्चालनमा


सिन्धुपाल्चोक – लगातारको वर्षा र बाढीले पहिरो खस्दा अवरुद्ध हेलम्बु राजमार्ग सञ्चालनमा आएको छ ।

मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातो पहरामा माथिबाट पहिराे खस्दा आज बिहानदेखि बाटो अवरुद्ध भएको थियो ।

अपराह्न पहिराे पन्छाएर सडक सञ्चालनमा आएको स्थानीयबासी पुरु घौरासैनीले जानकारी दिए ।

प्रतिक्रिया