

नदीमा फसेका दाइ र बहिनीको उद्धार

कैलाली – नदीमा फसेका दुई जनाको उद्धार गरिएको छ ।
शिवगङ्गा नदी र झिलखोला बीच भागमा फसेका गौरीगङ्गा नगरपालिका – ३ कुचैनीका राजाराम सापकोटा र उनकी बहिनी आरतीको गएराति उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
घाँस काट्न गएका दुवैलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको थियो ।

