बट्टामा लुकाएर कतार लैजाँदै गरेका गाँजासहित एक पक्राउ


काठमाडाैं – चुर्णको बट्टामा गाँजा लुकाएर कतार लैजाँदै गर्दा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले नेपालबाट फ्लाइट नम्बर क्यूआर ६४९ कतार एयरलाइन्स मार्फत कतारको दोहा जाँदै गरेको अवस्थामा चितवन कैरहनीका २९ वर्षीय बुद्धिराज पाठकलाई पक्राउ गरेको प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया