

रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चारको मृत्यु, चालक फरार

रूकुम – रूकुम पश्चिममा भएको जीप दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । रुकुमको आठबिसकोटमा जन्ती बोकेको रा १ ज ५८९ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
दुर्घटनामा कलिभान नेपाली, ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा वडा नं. ८ कै ५८ वर्षीय लालबहादुर नेपाली गम्भीर घाइते भएको जिल्ला प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीले जानकारी दिए ।
उक्त जीप दाजेबाट सोही घारीखोला जाँदै गरेको थियो । जीप चालक फरार रहेको पनि प्रहरीले जनाएको छ ।

