

एमाले सचिव भिम आचार्यका भाई मृत भेटिए, आत्महत्या गरेको आशंका

काठमाडौं– नेकपा एमालेका सचिव एवं प्रदेश सांसद भीम आचार्यका भाई राम आचार्य मृत अवस्थामा भेटिएका छन्।
सुनसरी सदरमुकाम इनरुवा–३ स्थित घरमा आचार्य मृत अवस्थामा भेटिएका हुन्।
घटनास्थलमा प्रहरीले मुचुल्का उठाउने काम जारी राखेको छ। उनले आत्महत्या गरेको आशंका गरिएको छ। घरभित्र कोठा फोरेर हेर्दा शव फेला परेको छ।
स्थानीय शिक्षक सरोज बरालका अनुसार प्रहरी मृतकको घरमा रहेको र मुचुल्का उठाउने काम भइरहेको छ।
स्थानीयका अनुसार मृतक आचार्य केही समयदेखि मानसिक रोगले पीडित थिए। विहीबार विहानै आचार्य मृत भएको खबर पाए पनि परिवारका सदस्यलाई पर्खिएर कोठा फोरिएको हो। घटनास्थलमा एमाले सचिव भिम आचार्य पत्नी समेत पुगिसकेकी छन्।

