काभ्रे प्रहरीको नियन्त्रणमा रहेका वाइबा* हत्कडीसहित भागे


file photo

काठमाडौं – जिल्ला प्रहरी कार्यालय काभ्रेमा डाँका मुद्दामा उनी हिरासतमा थिए। उनलाई थप थुनामा राखेर मुद्दा अघि बढाउन बकपत्रको लागि अदालतमा लैजाँदै गर्दा हत्कडीसहित फरार भए।

ती हुन् डाँकाचोरी मुद्दामा जिल्ला कारागार काभ्रेमा रहेका सुनिल वाइबा* । काभ्रेको महाभारतका वाइबालाई बकपत्र गर्न लैजाँदा शौचालयबाट भागेको पुष्टि भएको छ।

‘शौचालय जान्छु भनेको पहिला, त्यसपछि पानी खान्छु भनेपछि हत्कडी खुकुलो बनाइदिएको। सोही मौकमा अदालतको पर्खाल नाघेर भागेका हुन्,’ काभ्रेका एक प्रहरी अधिकृतले भने।

शौचालय जाँदा पानी खान्छु भन्दै बहाना बनाएको मौकामा वाइबा भागेको काभ्रे प्रहरीले जनाएको छ। ‘यो घटनामा प्रहरीबाट कमी कमजोरी भएको पाइएको छ। वाइबालाई किन हत्कडीखुकुलो बनाइयो,’ बागमती प्रदेशका एक प्रहरी अधिकृतले भने।

थुनुवालाई बकपत्रका लागि लैजाँदा हत्कडी लगाउने गरिन्छ। तर, वाइबालाई भने खुकुलो हत्कडी बिनै लगिएको थियो। डाँकाचोरी मुद्दामा जिल्ला कारागार काभ्रेमा रहेको वाइबा भागेपछि काभ्रे प्रहरी प्रमुखमाथि प्रश्न उठेको छ।

 

* यसअघि नाम र ठेगाना अन्यथा पर्न गएकोले सच्याइएको छ । -सं.

प्रतिक्रिया