

माओवादीमा व्यापक हेरफेर, पार्टी प्रवक्तामा महरा, संगठन विभाग प्रमुखमा जनार्दन

काठमाडौं – माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले पार्टी प्रवक्ताको जिम्मेवारी कृष्णबहादुर महरालाई दिएको छ ।
बैठकले पूर्वसभामुख कृष्णबहादुर महरालाई जिम्मेवारी दिएको कुरा जनाइएको छ ।
यसअघिका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रवास समितिको इन्चार्ज बनाइएको छ ।
केन्द्रीय कार्यालय इञ्चार्ज वर्षमान पुन बनेका छन् भने अर्थमन्त्री जनार्दन शर्मालाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

