राज र बर्षाको अभिनयमा सुगमको ‘म यस्तो गीत गाउँछु’


काठमाडौं– चर्चित गायक सुगम पोखरेलको स्वर भएको ‘म यस्तो गीत गाउँछु’को म्युजिक भिडिओ शुक्रबार रिलिज हुने भएको छ।

राज कटुवाल र बर्षा सिवाकोटीको अभिनय गरेको म्युजिक भिडिओको निर्देशन रामजी लामिछानेले गरेका हुन्।

रोशन पाण्डे निर्मित म्युजिक भिडिओको गीतमा सुगमसँगको युगल स्वर सुष्मा विश्वकर्माले दिएकी छन्। उक्त गीतको शव्द सत्यराज चौलागाँइले लेखेका हुन् भने संगीत सरोज पोखरेलले भरेका छन्।

एरेन्जमा उदयराज चौहानले मिहेनत गरेको गीतको मिक्सिङ किशोर थापा, रेकर्डिङमा राजेश श्रेष्ठले गरेका हुन् भने ए वान स्टुडियोमा तयार भएको हो।

प्रतिक्रिया