मानुषी लघुवित्तको शेयर बाँडफाँड भोली हुँदै, यी ३ जनाले पाउने भए ११ कित्ता शेयर


काठमाडौं — मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ भोली सोमबार बाँडफाँड हुने भएको छ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टका अनुसार सोमबार बिहान शेयर बाँडफाँड हुने जनाएको हो ।

पछिल्लो तथ्यांक अनुसार लघुवित्तको आईपीओमा २४ लाख भन्दा बढीले आवेदन दिएका छन् । माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट १० कित्ताको दरले शेयर वितरण हुनेछ ।

कम्पनीले साउन २७ देखि ३१ गतेसम्म प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशन गरेको थियो । त्यसमध्ये कर्मचारीहरुका लागि ५ हजार ४६९ कित्ता र सामूहिक लगानी कोषहरुलाई १९ हजार ६८८ कित्ता सुरक्षित गरी बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणहरूका लागि निष्काशनमा ल्याएको थियो ।

त्यस अनुसार गोला प्रथाबाट भाग्यमानी ३६ हजार ८५९ जनाले मात्रै १० कित्ता शेयर पाउनेछन् । यी भाग्यमानीमध्येबाटै अर्का ३ जना भाग्यबानीले थप १/१ कित्ताका दरले अर्थात् जम्मा ११/११ कित्ता शेयर पाउनेछन् ।

माग भन्दा बढी आवेदन परेकोले कुल आवेदक मध्ये ९८.४७ प्रतिशतले शेयर नपाउने देखिन्छ ।

 

प्रतिक्रिया