अपहरण गरी भारत पुर्‍याईएका दुई यूवाको सकुशल उद्धार


हेटौंडा – मकवानपुरको हेटौंडाबाट तीन दिनअघि अपहरणमा परेका दुई युवालाई प्रहरीले भारतमा फेला पारेको छ ।

मकवानपुरको हेटांँडा उपमहानगरपालिका-९ का २३ वर्षीय गोबिन्द श्रेष्ठ र २२ वर्षीय पवन राना मगरलाई शनिबार राति फेला पारेको मकवानपुर प्रहरीले जनाएको छ । अपहरणमुक्त युवालाई आइतबार मकवानपुर ल्याइएको छ ।

शनिबार राति भारतीय प्रहरीको सहयोगमा मोतिहारीमा फेला पारेको मकवानपुरका डीएसपी जयश्वर रिमालले जानकारी दिए ।
उनीहरुलाई भारतीय नागरिकले अपहरण गरेको र ५ लाख भारु फिरौती माग गरेको डीएसपी रिमालले बताए । उद्धार गरिएका युवालाई आफन्तको जिम्मा लगाएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक रिमालका अनुसार तीन जना भारतीय नागरिकहरुले विभिन्न प्रलोभन देखाएर श्रेष्ठ र राना मगरलाई अपहरण गरेका थिए । अपहणकारीले उनीहरुको आफन्तसँग फोनमार्फत प्रतिव्यक्ति ५ लाख भारतीय रुपैयाँ फिरौती माग गरेका थिए भने फिरौती नबुझाए उनीहरुको मृगौला बेचिदिने भन्दै यातना दिएको प्रहरीको भनाइ छ ।

उक्त अपहरणको घटनाबारे थप अनुसन्धान भइरहेको रिमालले बताए ।

प्रतिक्रिया