बागमतीका निवर्तमान मुख्यमन्त्री पौडेल निजी निवासमा


वाग्मती – बागमती प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल सरकारी निवास छाडेर निजी निवास फर्किएका छन्। मुख्यमन्त्री कार्यालय छाडेर पौडेल हेटौँडा नवलपुरस्थित निजी निवासमा फर्किएका हुन् ।

उनले ४२ महिना सरकार चलाएका थिए। बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका पौडेलले बिहीबार सरकारी निवास छाडेका हुन्। उनले अबको बाँकी समय जनताको हितमा काम गर्ने बताए ।

उनले राजीनामा दिएसँगै प्रदेशसभाको ठूलो दल नेकपा (एमाले) संसदीय दलका नेता अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेकी छन्। शाक्य बुधबार नै एमाले संसदीय दलको नेता चयन भएकी हुन् ।

भदौ ७ गते प्रदेशभर सार्वजनिक बिदा गाईजात्रा पर्वका अवसरमा बागमती प्रदेश सरकारले यही भदौ ७ गते प्रदेशभर सार्वजनिक बिदा दिएको जनाएको छ ।

प्रदेशमा प्रमुख पर्वका रूपमा मनाइने भएकाले प्रदेशभर सार्वजनिक बिदा घोषणा गर्ने मन्त्रिपरिषद्बाट निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया