भीमदत्तमा एम्बुलेन्स र शववाहन सेवा सञ्चालन


कञ्चनपुर – कोरोना रोकथाम तथा नियन्त्रणको कार्यलाई प्रभावकारी बनाउन भीमदत्त नगरपालिकाले एम्बुलेन्स र शववाहन सेवा सञ्चालन गरेको छ ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइएको हो । शववाहन नगरपालिकाको आन्तरिक स्रोतबाट खरिद गरिएको छ । एम्बुलेन्सलाई सीमा नाका गड्डाचौकीमा राखेर कोरोना सङ्क्रमित बिरामी बोक्न प्रयोग गरिने नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले बताए ।

‘एम्बुलेन्स सञ्चालन गरी कोरोना सङ्क्रमितलाई निःशुल्करुपमा आइसोलेसनमा पुर्‍याउने कार्य गरिने छ’, उले भने, ‘शववाहनको प्रयोग कोरोनाका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्न र अन्य शव बोक्नका लागि प्रयोगमा ल्याइने छ ।’

एम्बुलेन्स र शववाहन सञ्चालनका लागि निर्देशिका तयार गरी व्यवस्थितरुपमा सञ्चालन गरिने उनको भनाइ छ ।

प्रतिक्रिया