


सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम आज

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज ल्याउँदै छ ।
शुक्रबार साँझ ४ बजे बस्ने प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची तय भएको छ ।
प्रदेश सभा सचिवालयले प्रदेश प्रमुख नजिर मियाँले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । प्रदेश सभामा नीति तथा कार्यक्रम पेश हुनु पूर्व मन्त्रिपरिषद्को बैठकले स्वीकृत गर्नुपर्ने प्रावधान छ ।
तर अहिलेसम्म नीति तथा कार्यक्रम स्वीकृत भएको छैन । प्रदेश सभा बैठक बस्नुअघि मन्त्रिपरिषद् बैठक बोलाएर स्वीकृत गर्ने तयारी रहेको बताइएको छ ।

