मोहनाको बाढीले बगायो सशस्त्र बीओपीको नयाँ भवन


धनगढी – मोहना नदीले सशस्त्र प्रहरीको बीओपीको भवन बगाएको छ ।

मोहना नदीको बाढीले धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरमा रहेको सशस्त्र प्रहरीको बिओपीका तीनमध्ये दुईवटा नयाँ भवन बगाएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नदीको बाढीले बीओपी भवन बगाएपछि बिओपीलाई सामुदायिक भवनमा सारिएको छ।

नयाँ भवन बाढीले बगाएको र पुरानो भवन समेत जोखिममा रहेको छ।

प्रतिक्रिया