अपरेशन यार्सागुम्बाः साढे ७ किलो यार्सागुम्बासहित ७ जना पक्राउ


काठमाडाैं – महानगरीय अपराध महाशाखाले साढे ७ किलो यार्सागुम्बासहित ७ जनालाई पक्राउ गरेको छ । ‘अपरेशन यार्सागुम्बा’ नाम दिई अनुुसन्धानमा खटिएको प्रहरीले ७ किलो ४४० ग्राम यार्सागुम्बा र १ लाख ५३ हजार नगदसहित ७ जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सिन्धुपाल्चोक बारबिसे नगरपालिका वडा नं. ३ घर भई हाल बौद्ध बस्ने दिपक लामा, जिल्ला सिन्धुपाल्चोक बलेफी गाँउपालिका वडा नं. ६ घर भई हाल स्वयम्भू बस्ने सुरेश सापकोटालाई १ किलो यार्सागुम्वा दुई लाख असी हजार रुपैयाँमा खरिद गर्छु भनी गणेश शाहीले फोन गरी काठमाण्डौंको नयाँ बसपार्क मित्रनगरमा रहेको होटेलमा बोलाई सुरेश सापकोटा र दिपक लामाले बिक्री गर्नको लागी झोलामा लिई गएको १ किलो यार्सा गुम्बा ६/७ जना अपरिचित व्यक्तिहरुको समुहले डर, धाक, धम्की दिई लुटि लगी फरार भएका घटनामा संलग्न मुख्य योजनाकार र मतियारहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार उनीहरुको साथबाट १ लाख ५३ नगदका साथै यार्सागुम्बाको कारोवारमा संलग्न मोहम्मद अलिको छोरा मोहम्मद ईसाकलाई समेत ७ के.जी. ४४० ग्राम यार्सागुम्बासहित पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा मुख्य योजनाकारका रुपमा रहेका बझाङ जिल्ला मस्ट गाउँपालिका वडा नं. ५ स्थायी घर भई हाल सूर्यविनायक बस्ने धर्म ओखेडा, दोलखा बैतेश्वर—२ घर भई हाल ठमेल बस्नेत ३२ वर्षीय मनोजकुमार श्रेष्ठ, रामेछाप दोरम्बा घर भई हाल नयाँबजार बस्ने दिपक थापामगर,  काभ्रे जिल्ला पाँचथर घर भई हाल नयाँबजार बस्नेत विशाल लामा, काभ्रे तिमाल घर भई हाल नयाँबजार बस्ने योङदेन लामा, रामेछाप दोरम्बा घर भई हाल भक्तपुर सानोठिमी बस्ने रोशन श्रेष्ठ र भारतको कास्मिर अबुपाकर घर भई हाल काठमाडौंको खुसिबु बस्ने भारतीय नागरिक मोहम्मद ईसाक रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई थप अनुसन्धानका लागि पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया