१ लाख ६४ हजार नगदसहित १४ जुवाडे पक्राउ


काठमाडौं – चन्द्रागिरी नगरपालिका-१ दहचोक कार्की धारास्थित भगवती अधिकारीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय प्रदिप कार्की लगायत १४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा जुवातास खेलाई रहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६४ हजार ३ सय २० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया