

बर्दियाबाट सम्पर्कबिहीन भएका तीन किशोरी नवलपरासीमा भेटिए

बर्दिया – बर्दियाबाट हराएका तीन किशोरी नवलपरासीको बर्दघाटमा फेला परेका छन् । शुक्रबार बिहान बर्दियाको ठाकुरबा ठकुरबाबा नगरपालिका वडा नं. ९ बेतहनी टोल बस्नेत १६ वर्षका तीन किशोरी शुक्रबार बिहानदेखि सम्पर्कबिहीन थिए ।
किशोरीका अभिभावकले किशोरीहरु हराएको भन्दै अस्थायी प्रहरी पोष्ट ठाकुरद्वारामा जानकारीसहित उजुरी दिएपछि बर्दिया प्रहरी खोजी कार्यमा जुटेको थियो ।
बर्दियाको भुरीगाउँ चौकीका प्रहरी निरिक्षकको नेतृत्वमा खोजीकार्यमा जुटेको प्रहरीले विभिन्न जिल्लाका प्रहरीसँगको समन्वयमा किशोरीहरुलाई शनिबार नवलपरासीको बर्दघाटमा फेला पारेको हाे ।
किशोरीहरु नेपालगन्ज हुँदै काठमाडौं जाने क्रममा बर्दघाटमा फेला परेको प्रहरीले जनाएको छ ।
‘किशोरीहरु बर्दघाटमा फेला परेका छन् । उनीहरु प्रहरी र आफन्तको सम्पर्कमा आइसकेका छन्,’ बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले अनलाइनन्यूजसँगको कुरामा बताए । कार्कीले किशोरीहरु घरमा सामान्य कुरा नमिलेपछि घर छोडेर हिँडेको हुनसक्ने भएको पनि बताए ।
बर्दियाको ठाकुरबाबा नगरपालिका–९ बेतहनी टोल बस्ने बलबहादुर कामीको १६ वर्षीया छोरी सावित्री बराइली, बमबहादुर परियारको १६ वर्षीया छोरी यमुना परियार र नारायण बहादुर पुन मगरकी १६ वर्षीया छोरी अनिता पुन मगर हराएको भन्दै बराइलीका दाजु पूर्णबहादुर बराइलीले प्रहरीमा उजुरी दिएका थिए ।
र याे पनि…

