

६ महिना राहदानीको म्याद भएकाले पनि इजरायल रोजगारीको आवेदन दिन सक्ने: विभाग

काठमाडाैं – राहदानीको म्याद ६ महिना भएकाले पनि इजरायल रोजगारीको लागि आवेदन दिन सक्ने भएका छन् ।
इजरायको लागि दीर्घकालीन स्याहार केन्द्र (केयर गिभर)मा पठाइने नेपाली सहायक कामदारको लागि साउन १२ गतेको सूचनामा राहदानीको म्याद ३ वर्षको हुनुपर्ने उल्लेख थियो । तर अहिले त्यो म्याद संसोधन गरेर ६ महिना बाँकी भए पनि हुने बनाइएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
वैदेशिक रोजगार विभागले सहायक कामदारको रूपमा इजरायलमा सरकारी तवरबाटै नेपाली श्रमिक पठाउनका लागि २१ दिने म्याद तोकेर साउन १२ देखि आवेदन खोलेको छ । इजरायलको दीर्घकालीन स्याहार सेवा केन्द्रमा सहायक कामदारको रूपमा काम गर्न इच्छुक महिला र पुरुष दुवैले आवेदन दिन पाउँछन् ।

