महोत्तरी घटनाः साहलाई हत्या मुद्दामा एक लाख धरौटीमा छाड्ने न्यायाधीश न्यौपानेमाथि छानबिन हुने


महोत्तरी– हत्याका अभियुक्तलाई एक लाख धरौटीमा छाड्दा महोत्तरीमा पुनः अर्को ६ बर्षीया बालिकाको बलात्कारपछि हत्या भएको रहस्य खुलेको छ।

६ बर्षीय बालिका गुलबसा खातुनलाई बलात्कारपछि हत्या गर्ने अरुणकुमार साहलाई गत जेठमा व्यक्ति हत्याको अभियोग लागेको थियो । साहले गत वैशाखमा नशाको तालमा दिलीप ठाकुरलाई टाउकोमा लाठी प्रहार गरी हत्या गरेका थिए ।

ठाकुरको हत्या पश्चात फरार रहेका साहलाई धनुषा प्रहरीले गत जेठमा पक्राउ गरी कर्तब्य ज्यान मुद्दा चलाएको थियो । प्रहरीको अनुसन्धानमा मादक पर्दाथ सेवन गरी साहले ठाकुरको हत्या गरेको खुलेको थियो ।

अनुसन्धान प्रतिवेदनसहित प्रहरीको रायमा सरकारी वकिललेले साहमाथि जन्मकैदको माग दाबी गर्दै जिल्ला अदालत महोत्तरीमा अभियोग दर्ता गरेको थियो । तर जिल्ला अदालतका तत्कालिन न्यायाधीश सुमनकुमार न्यौपानेले थुनछेक आदेश गर्दै हत्या जस्तो जघन्य अपराध मुद्दामा साहलाई एक लाख धरौंटीमा छाड्ने विवादास्पद आदेश गरेका थिए। सो आदेश नदिएको भए साह यतिबेला जेलमा हुने थिए।

जुन आदेशको कारण साह छुटे र अहिले महोत्तरी रणसंग्राममा परिणत भएको छ । यदि कानुनसम्मत आदेश भएको भए अभियुक्त अहिले मुद्दा पुर्पक्षको लागी थुनामा रहन्थे । ६ बर्षीय बालिकाको बलात्कार र हत्या नै हुने थिएन।

साहको लाठी प्रहारले ठाकुरको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीको अनुसन्धानमा साहले बयान दिँदै अपराध स्वीकार गरेका थिए । जन्मकैदको सजायसहित क्षतिपूर्तिको मागसहित दायर गरिएको

अभियोगमा प्रहरीले साहविरुद्ध पर्याप्त प्रमाण जुटाएको थियो  ।

साहलाई धरौटीमा छाडी मुद्दा पुर्पक्ष गर्ने न्यायधिश न्यौंपानेको गत महिना सरुवा भएको छ । ६ बर्षीया बालिकाको बलात्कार र हत्या पश्चात न्यायाधीश न्यौंपानको कार्य क्षमतामा प्रश्न उठेको छ भने उनको तत्कालिन आदेश विवादमा तानिएको छ। स्रोतका अनुसार उक्त ठाकुर हत्याको फाईलमाथि पुनः छानबिन हुने भएको छ ।

सर्वोच्च अदालतमा उपसचिवका रुपमा कार्यरत न्यौपाने एक बर्षअघि मात्रै न्यायाधीशमा नाम निकालेपछि महोत्तरी जिल्लामा खटाइएको थियो।

प्रतिक्रिया