यस्तो छ साउनबाट बढेको नेपाली सेनाको तल्लो तहदेखि प्रधान सेनापतिसम्मको तलब सूची


काठमाडौं– १ साउनदेखि लागू हुनेगरी सरकारले नेपाली सेनाको तलब बढाएको छ। यहि महिनादेखि खाईपाई आएको तलबमा २ हजार बढोत्तरी भएको छ।

केपी शर्मा ओली सरकारले बढाएको तलबलाई शेरबहादुर देउवा सरकारले स्वीकृत गरेको छ।

सेनाको फूलीविहीन फलोअर्सले अब २१ हजार ४८० पाउने छन्। रिकुटको तलब पनि फलोअर्स बराबर छ। यसअघि उनीहरूको तलब मासिक १९ हजार ४८० रूपैयाँ मात्र थियो।

सिपाहीको २० हजार ६८० बाट बढेर २२ हजार ६८० भएको छ।  प्युठको २१ हजार १ सय ६० बाट २३ हजार १६० पुगेको छ। अमलदारको सुरुवातको तलब स्केल २४ हजार १० बनाइएको छ।

हेर्नुहोस् प्रधान सेनापतिसम्मको तलबसूची

प्रतिक्रिया