

घर छेउमै शौच जाँदा हात्तीको आक्रमणमा परी मृत्यु

सुनसरी – सुनसरीको कोशी गाउँपालिका–४ मा जङ्गली हात्तीको आक्रमणमा परी ५५ वर्षीय रामेखङ्ग खत्वेको मृत्यु भएको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्ष छेउ रहेको खत्वे टोलका उनको हात्तीले आक्रमण गर्दा घटनास्थलमै ज्यान गएको हो ।
विहान उठेर शौचालय गएका खत्वेलाई आरक्षबाट निस्केको हात्तीले लखेटेर ज्यान लिएको हो । सुनसरी प्रहरीका अनुसार मृतकको शव पोष्टमाटमका लागि इनरूवा अस्पताल ल्याइएको छ ।

