खातामा रकमै नभएको चेक दिएर साढे १५ लाख ठगी


काठमाडौं – प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर (चेक बाउन्स) मुद्दाका एक दोषीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको साविक कुरुम्बा गाविस–६ परिवर्तित मिक्लाजुङ गाउँपालिका–५ घर भई काठमाडौंको गोंगबु बस्ने ४२ वर्षीय चिरायु खालिङ छन् ।

खालिङले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी सेन्चुरी बैंकको चेक काटी दिई ठगी गरेको प्रहरीले जनाएको छ ।

उनलाई उच्च अदालत पाटनले बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी गत २०७७ फागुन १० गते ६ दिन कैद र १५ लाख ५० हजार जरिवाना हुने फैसला गरेको थियो । महालक्ष्मीस्थानबाट पक्राउ परेका खालिङलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया