सिनामंगलबाट १ किलो ८६६ ग्राम सुनसहित तीनजना पक्राउ


काठमाडौं – सिनामंगलको एक होटलबाट १ किलो ८ सय ६६ ग्राम सुनसहित तीनजना पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसनधान कार्यालययले सिनामंगलको सिरहा मगहानिया होटलबाट उनीहरुलाई पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीबाट आउने व्‍यक्तिलाई प्रयोग गरेर विभिन्न घरायसी सामानमा लुकाएर सुन ल्याइएको प्रारम्भिक अनुसनधानमा खुलेको एपी कृष्ण कोइरालाले बताए ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया