एन्ड्रोइड फोनका लागि अब म्याग्नेटिक वायरलेस चार्जर


काठमाडौं – एन्ड्रोइड स्मार्टफोनका लागि पहिलो पटक रियलमीले आउँदो मंगलबार म्याग्नेटिक वायरलेस चार्जर सार्वजनिक गर्ने भएको छ । ‘म्यागडर्ट’ नामक चुम्बकीय चार्जरका केही स्पेसिफिकेशन बाहिर आइसकेको छ ।

यो एप्पलको म्यागसेफ चार्जरभन्दा ४४० प्रतिशत फास्टर हुने दाबी गरिएको छ । साथै म्यागसेफभन्दा यो चार्जर केही पातलो हुनेछ । हालसम्म प्राप्त जानकारी अनुसार याे चार्जर दुई भेरियन्टमा उपलब्ध हुनेछ ।

रियलमीले बिहीबार सार्वजनिक गर्ने नयाँ स्मार्टफोन ‘रियलमी फ्ल्याश’ सँगै म्याग्नेटिक चार्जर पनि आउने बताइएको छ । यसकाे अर्थ म्याग्नेटिक वायरलेस चार्जर प्रयाेग हुने पहिलाे एन्ड्राेइड फाेन नै ‘रियलमी फ्ल्याश’ बन्नेछ ।

नेपाली समयअनुसार साँझ ५ः४५ मा हुने एक कार्यक्रमबाट कम्पनीले याे उत्पादन सार्वजनिक गर्नेछ ।

प्रतिक्रिया