

धनुषामा हराइरहेकी ७ वर्षीया बालिकाको शव इनारमा भेटियो

काठमाडौं – धनुषामा गत ११ साउनदेखि हराइरहेकी ७ वर्षीया बालिकाको शव फेला परेको छ। विरेन्द्र यादवकी ७ वर्षीया छोरी प्रिती यादवको शव ५ दिनपछि शुक्रबार फेला परेको हो।
धनुषाको गणेशमान चारनाथ नगरपालिका–१० स्थित बरमझियाकी ७ वर्षीया बालिका प्रितीको शव घरबाट ५०० मिटरको दुरीमा खेतको एउटा पुरानो इनारमा तैरिरहेको अवस्थामा फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटका अनुसार शव कुहिएको अवस्थामा भेटिएको छ। ‘आज बिहानै इनार छेउमा जाँदा गन्ध आएपछि हेर्दा उनकै शव थियो,’ एसपी रानाभाटले भने।
गत सोमबार साँझ ५ बजेपछि आफ्नै घरबाटै बालिका बेपत्ता भएकी थिइन्। पसलबाट केही खानेकुरा किनेर ल्याएको १० मिनेटपछि उनी हराएको भन्दै आफन्तले प्रहरीमा जाहेरी दिएका थिए।
हराएकै दिनदेखि खोजी गर्दै जाँदा शुक्रवार विहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका हुन्। स्थानीयका अनुसार यसअघि दुई तीन दिन पहिलेसमेत सो इनारमा प्रहरी र स्थानीयले बालिकाको खोजी गरे पनि भेटिएको थिएन।
हत्या गरेर कसैले शव इनारमा फालेको हुनसक्ने परिवारको आशंका छ। यद्दपी अहिले घटना अनुसन्धानको क्रममा रहेको र शव पोष्मार्टमको रिपोर्ट आइसकेपछि मात्र हत्या भएको वा नभएको भन्न सकिने एसपी रानाभाटले बताए।
मृतका प्रितीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको एसपी रानाभाटले बता

