

चिनियाँ नागरिकले अवैध रूपमा मदिरा बनाउने कारखानामा प्रहरीको छापा

काठमाडौं – महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौं उपत्यकाको ठमेलस्थित ज्याठामा चिनियाँ नागरिकले अवैध रूपमा मदिरा बनाउने कारखानामा छापा मारेको छ। शुक्रबार काठमाडौं महानगरपालिका–२६ स्थित ज्याँठामा छापा मारेको हो।
घरेलु मदिरा बनाउने अनुमति नलिई अवैध रूपमा मदिरा बनाइरहेको भन्ने सूचना पाएपछि महाशाखाबाट खटिएको प्रहरी नायब उपरीक्षक (डिएसपी) दुर्गा रेग्मीको टोलीले छापा मारेको हो।
‘मेसिन नै राखेर रक्सी बनाउने गरेको पाइएको छ,’ घटनास्थलमा रहेका डिएसपी रेग्मीले भने, ‘५० देखि ६० लिटरसम्मको एक÷डेढ सय ड्रम रक्सी बरामद भएको छ।’
प्रहरीले एकजना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ। उक्त कारखाना चिनियाँ नागरिकले चलाएको खुलेको छ। थप विवरण आउन बाँकी।

