

२५ करोड भारु क्षतिपूर्ती माग गर्दै अदालत गइन् शिल्पा सेट्ठी

काठमाडौं– राज कुन्द्रालाई प्रहरीले पक्राउ गरेपछि विभिन्न समाचार माध्यममा आफ्नो नाम जोडेर मानाहानी गरी खबर प्रकाशन भएको विरुद्ध बलिउड अभिनेत्री शिल्पा सेट्टी अदालत गएकी छन्।
शिल्पाले पछिल्लो समय विभिन्न मिडियामा प्रकाशित समाचार र भिडिओले अफवाह फैलाएको र मानहानी गरेको अभियोगसहित मुम्बई हाईकोर्टमा मुद्दा हालेकी छन्।
आधारहीन समाचार र भिडिओ मिडियामा आएकाले तिनलाई हटाउनु पर्ने, सम्बन्धित मिडियाले माफी माग्नुपर्ने र आफूलाई २५ करोड भारु क्षतिपूर्ति दिनु पर्ने भन्दै शिल्पाले मुद्दा हालेकी हुन्।

