मापसेपछि कुटाकुट हुँदा मृत्यु


रोल्पा–मादक पदार्थ सेवन गरी एकापसमा कुटाकुट हुँदा एक जनाको ज्यान गएको छ । शनिबार राति दुई जनाबीच मापसेपछि  कुटाकुट हुँदा रोल्पा नगरपालिका वडा नं ५ छाप बस्ने भीमराज घर्तीको आज ज्यान गएको हो ।

कुटाकुटका क्रममा घाइते भएका ५६ वर्षीय घर्तीलाई उपचारका लागि पहिले राप्ती विज्ञान प्रतिष्ठान दाङ र पछि मेडिकल कलेज कोहलपुरतर्फ लैजादै गर्दा आज बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख नरेश सुवेदीले बताए । कुटाकुटमा संलग्न सोही ठाउँ बस्ने  २८ वर्षीय मोहन विकलाई प्रहरीले नियन्त्रणमा लिई  अनुसन्धान गरिरहेको जनाइएको छ  ।

(रासस)

प्रतिक्रिया