

जोरपाटीबाट दुई लाख नगदसहित १० जुवाडे पक्राउ

काठमाडौं – महानगरीय प्रहरी बृत्त बौद्धले जोरपाटीबाट जुवा खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो प्रहरीले विशेष सूचनाको आधारमा उनीहरुलाई पक्रेको प्रहरीले जनाएको छ।
दोलखा शैलेश्वर गाउँपालिका–८ घर भई जोरपाटी बस्ने ३५ वर्षीय पवन कार्की, काडमाडौं नारायणटारका २८ वर्षीय सुेन्द्र श्रेष्ठ, रामेछाप दोरम्वा गापा–४ घर भई भक्तपुर नाला बस्ने २९ वर्षीय गोविन्द मगर पक्राउ परेका छन्।
त्यस्तै मकवानपुर घर भई कपन बालुवाखानी बस्ने ३४ वर्षीय सत्यनारायण कपाली, काठमाडौं बौद्ध न्याँब बस्ने ३८ वर्षीय र्नोरसाङ लामा, सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–१ मेलम्ची घर भई जोरपाटी डेरा गरी बस्ने ४६ वर्षीय प्रेम लामा छन्।
त्यसैगरी रामेछापा घर भई भक्तपुर ठिमी बस्ने ३४ वर्षीय राजु मगर, सिन्धुपाल्चोक जुगाल घर भई हाल बौद्ध नयाँबस्ती बस्ने ४४ वर्षीय बहादुर लामा, रामेछाप दोरम्बा घर भई कपन आकासेधार बस्ने ४३ वर्षीय मोहन थापामगर र जोरपाटी बस्ने ३६ वर्षीय दिपक माझी रहेका छन्।
पक्राउ परेका उनीहरूबाट एक लाख ९७ हजार ५ सय रूपैयाँ प्रहरीले बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंह जानकारी दिए।
काठमाडौं प्रहरीले उनीहरूमाथि प्रहरीले थप अनुसन्धान र कारबाही गर्न महानगरीय प्रहरी वृत्त बौद्धमा बुझाएको छ।

