


अवैध हातहतियारसहित १ जना पक्राउ

मोरङ– मोरङको उर्लावारी नगरपालिका–६ बाट अवैध हातहतियार र गोली गठ्ठासहित १ जना पक्राउ परेका छन् । उक्त स्थानमा केही व्यक्तिहरु हातहतियारसहित लुकिछिपी बसिरहेको भन्ने बिशेष सूचनाका आधारमा शनिवार दिउँसो १ बजे ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले फक्ताङलुङ गाउँपालिका–२ ताप्लेजुङका ३२ बर्षीय पेम्बा साङगे शेर्पालाई पक्राउ गरेको हो ।
शेर्पाको साथबाट अटो पिस्तल युएसए लेखिएको पेस्तोल १ थान, उक्त पेस्तोलको गोली ३ राउण्ड, म्यागजिन १ थान, बिभिन्न किसिमका कागजपत्र, ३ वटा मोवायल, व्याग ८ थान र ज्याकेट १८ थान बरामद भएको थियो । हातहतियार र बिभिन्न दस्तावेज सहित पक्राउ परेका शेर्पा नेपाल कम्युनिष्ट पाटी विप्लव समुहका सेक्सन कमाण्डर रहेको खुल्न आएको तथा हाहतियार खरखजना मुद्दामा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

