जेलबाट सनाखतका लागि निर्वाचन आयोग पुगेका रेशम चौधरीले महाभारतको प्रसङ्ग निकालेपछि…

तटस्थ बस्ने निर्णयसहित फेरि डिल्लीबजार कारागार फर्किए


काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का प्रतिनिधि सभा सदस्य रेशम चौधरीले तटस्थ बस्ने निर्णय गरेका छन्।

उपेन्द्र यादव र महन्थ ठाकुर पक्षबीच जसपाको आधिकारिकताका विषयमा निर्वाचन आयोगमा हस्ताक्षर गर्न पुगेका चौधरीले तटस्थ बस्ने निर्णय गरेको उदाहरण दिँदै बताए।

उनले महाभारतको कथा सुनाउँदै पक्ष वा विपक्ष भए पनि जसपा रहेका कारणले तटस्थ बसेको बताए। सो क्रममा महाभारतमा पाण्डव र कौरवको युद्धमा भिष्म पितामहले जीत र हारको बारेमा जान्दा पनि एउटा पक्षमा उभिएको उदाहरण दिँदै अध्यक्ष ठाकुरलाई उक्त भूमिकामा उभिन पनि आग्रह गरे।

त्यसअघि उनले ठाकुरलाई भेट गरेका थिए भने यादव पक्षका नेतालाई पनि भेटेका थिए।

प्रतिक्रिया