जसपाको विवाद टुंयाउन सनाखतका लागि आयोगमा पुगे रेशम चौधरी


काठमाडौं – जसपाको विवाद टुंयाउन सनाखतका लागि जसपाका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य (निलम्बित) रेशम चौधरी निर्वाचन आयोगमा पुगेका छन्।

५१ सदस्यीय कार्यकारिणी समिति सदस्यमा ३४ जनाले यादवको पक्षमा र १६ जनाले महन्थको पक्षमा सनाखत गरेका छन्। टीकापुर घटनाका जेलमा रहेका रेशम चौधरी महन्थ ठाकुर पक्षका नेता हुन्। पछिल्लो समय उनी महन्थ ठाकुर र राजेन्द्र महतोसँग रुष्ट छन्।

चौधरीले आफूले नेताहरूसँग कुराकानी गरेर मात्र कुन पक्षमा सनाखत गर्ने भन्ने निर्णय लिने बताए। उनले आफूहरूको छुट्टै मुद्दा र समस्या रहेको जिकिर गर्दै नेताहरूले यसबारे के गरिरहेको छ भनेर बुझ्ने र त्यसपछि मात्र सनाखतबारे निर्णय लिने बताए।

 

प्रतिक्रिया