

प्रधानमन्त्री र राष्ट्रपतिको तस्विर दुरूपयाेग गरेकाे आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउबा र राष्ट्रपति विद्यादेवी भण्डारीको तस्विर सम्पादन गरि ट्रोल भिडियो बनाए टिकटकमा राखेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
प्रधानमन्त्री र राष्ट्रपतिको चरित्र हत्या गरेको अभियोगमा प्रहरीको साइबर ब्युरोले झापाको मेचिनगर नगरपालिका-६ बस्ने सोमप्रसाद घिमिरेलाई पक्राउ गरेको हो।
उनलाई थप अनुसन्धानका लागि अदालतबाट ७ दिनको समय लिइएको ब्यूरोले जनाएको छ।

