

विप्लवकाे राजनीतिक भेटघाट कायमै, शनिबार पूगे ठाकुर निवास

काठमाडौं – नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेट गरेका छन् ।
विप्लव र नेता खड्गबहादुर विश्वकर्मा जसपा अध्यक्ष ठाकुरलाई भेट्न शनिबार उनको निवासमा पुगेका थिए ।
सरकार परिवर्तनपछि विप्लवले राजनीतिक भेटघाट सक्रियतालाई कायमै राखेका छन् । विप्लवले पछिल्लो हप्तामा मात्र विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गरिुकेका छन् ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, डा। बाबुराम भट्टराई, कमल थापा, मोहन वैद्य लगायतका नेताहरुसँग भेटघाट गरिरहेका छन् ।

