‘युथ फोर्स’को ‘भ्याली कमाण्ड’ घोषणामा ओलीको सट्टा महासचिव पोखरेल उपस्थित


काठमाडौं, नेकपा एमाले निकट युथ फोर्सले भ्याली कमाण्ड घोषणा गरेको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत एमाले महासचिव ईश्वर पोखरेलले सो संगठनको भ्याली कमाण्ड घोषणा गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली कार्यक्रममा उपस्थित हुने भनिए पनि उनको सट्टामा महासचिव पोखरेल कार्यक्रममा उपस्थित भएका हुन् ।

युथफोर्सको भ्याली कमाण्ड घोषणा र शपथ कार्यक्रमका लागि उपत्यकाका विभिन्न स्थानबाट युथफोर्सले मोटरसाइकल र्‍याली तथा विभिन्न शक्ति प्रदर्शन गरेको छ । पछिल्लो समय एमालेमा वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष ओलीले आ–आफ्नै तरिकाले विभिन्न संघ, संगठनहरू विस्तार गर्दै गइरहेका छन् । केही दिन अघि मात्र नेपाल पक्षले अखिल फोर्स र पिपुल्स भोलेन्टियर्स घोषणा गरेको थियो ।

 

प्रतिक्रिया