

पछिल्लो २४ घण्टामा ३१ सय बढीमा कोरोना पुष्टि, १६ को मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ११४ जनामा कोरोना सांक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १४ हजार ९१० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६२५ जनाको पीसीआर र ४ हजार २८५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
यस्तै यो अवधिमा २ हजार १९७ जना कोरोना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको तथ्यांक प्राप्त भएको छ।

