

गण्डकीमा पौडेल प्यानलबाट एक जना पनि मन्त्री बनेनन्

काठमाडौं – गण्डकी प्रदेशमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलबाट एक जनाले पनि मन्त्री पाएनन्। काँग्रेसका ५ जना मन्त्री मध्ये ३ जना शेर बहादुर देउवा प्यानलका छन् भने १ जना गोपालमान श्रेष्ठ प्यानलका र १ जना शशांक कोइराला प्यानलका छन् ।
डोबाटे विकलाई मन्त्री बनाउने हल्ला चलेपनि उनलाई नराखी बिन्दुकुमार थापालाई मन्त्री बनाउने निर्णय आएपछि गण्डकी मन्त्रीमण्डलमा पौडेल प्यानलको शुन्य सहभागिता बन्न पुगेको छ। डोबाटे पौडेल प्यानलका हुन्।
त्यस्तै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल कोइराला निकटका हुन्। अन्य ३ जना भने देउवा प्यानलका हुन्।

