महत दाजुभाइले पाए पार्टी कार्यालयमा अनसन तोडाउने जिम्मा


काठमाडौं – नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा १३ दिनदेखि अनसन बसेका हरुको अनसन तोडाउने जिम्मेवारी दुई नेताले पाएका छन्।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा शुक्रबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले पार्टी कार्यालयमा बाराका पौडेल पक्षका नेता तथा कार्यकर्ता १३ दिनदेखि धर्नामा बसेकाहरुको अनसन तोड्ने जिम्मेवारी सहमहामन्त्री प्रकाशशरण महत र केन्द्रीय सदस्य रामशरण महतलाई दिएको हो।

सभापति देउवा पक्षका बाराका नेताहरू पनि बिहीबारदेखि पार्टी कार्यालयमै काउन्टर धर्नामा बसेका छन्।

पौडेल पक्षका बाराका नेता तथा कार्यकर्ता क्रियाशील सदस्यता वितरणमा धाँधली भएको विरोधमा धर्ना बसेका हुन्।

तर देउवा पक्षका नेताहरू भने जिल्ला कार्यसमितिले पारित गरि पठाएका सबै क्रियाशील सदर गर्नुपर्ने मागसहित धर्नामा छन्।

रामशरण र प्रकाशशरण दाजुभाइ हुन्। दाजु रामशरण वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट छन् भने सहमहामन्त्री प्रकाशशरण सभापति देउवा निकट छन्।

पार्टी कार्यालयमा बारा, सर्लाहीका नेता तथा कार्यकर्ता धर्ना र आमरण अनसनमा बसेपछि पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक आज देउवा निवास बूढानिलकण्ठमा बसेको थियो।

 

प्रतिक्रिया