भरतपुरमा गोली हानी युवकको हत्या, घटनास्थलबाट खोका बरामद


काठमाडौं – चितवनमा एक युवकको शव फेला परेको छ। खेत नजिकै रहेको घोलमा शंकास्पद अवस्थामा युवकको शव फेला परेको हो।

भरतपुर महानगरपालिका–१७ सिमलडाडामा नहरमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले जानकारी दिए।

सो स्थानको डेरी चोकबाट शारदानगर जाने बाटो तर्फको बीचमा रहेको घोलमा अन्दाजी ३० वर्षका युवकको शव फेला परेको एसपी अधिकारीले अनलाइनन्यूजसँग भने।

स्थानीयबासीले घोलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थल पुगेर अनुसन्धान थालेको छ। मृतकको सनाखत भने हुन सकेको छैन्।

प्रहरीका अनुसार मृतकको टाउकोमा गोली लागेको जस्तो देखिएको र घटनास्थलमा एक थान गोलीको खोका समेत भेटिएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

तस्बिरः फेसबुकबाट साभार

प्रतिक्रिया