ओली पक्षका ७ सांसद थपिए राष्ट्रपतिमाथि महाअभियोग!


काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग लगाउने सम्भावनाको चर्चा भएको छ। राष्ट्रपतिलाई महाभियोगमार्फत संसदमा उपलब्ध सदस्यहरुको दुई तिहाई मतले बर्खास्त गर्ने १ सय ८० जना सांसद भए सम्भव छ।

विश्वासको मतमा मतदान नगरेका माधव समूहका८ सांसद जोड्दा अहिले प्रधानमन्त्री शेरबहादुर देउवासँग १ सय ७३ जनाको समर्थन छ।

केपी ओली पक्षका बाँकी ७ थान सांसदलाई मन्त्री बनाइदिएपछि राष्ट्रपति हटाउन मुस्किल नपर्ने महेश बस्नेतको भनाइ थियो। र, प्रतिनिधिसभा पुनस्र्थापना भएकै रात राष्ट्रपतिद्वारा भलाकुसारी गरिएका तीन पात्रमा केपी ओली, ईश्वर पोखरेल र यिनै महेश बस्नेत थिए।

यो समाचार आजको जनआस्था साप्ताहिकमा छ।

प्रतिक्रिया