

मालपोतका २ कर्मचारी ३ लाख २० हजार घुससहित पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ लाख २० हजार घुससहित दुई कर्मचारीलाई पक्राउ गरेको छ ।
अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जचको टोलीले मालपोत कार्यालय तुल्सीपुर दाङका दुईजना कर्मचारी तीन लाख बीस हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको हो ।
अख्तियारले मालपोत कार्यालयका नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई घुससहित पक्राउ गरेको जनाएको छ ।
जग्गाको मोठ कायम गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिदै गर्दा शुक्रबार दिउँसो साढे १ बजेतिर उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
उनीहरुमाथि थप अनुसन्धानका लागि अख्तियारको कार्यालय नेपालगञ्जतर्फ लगिएको छ ।

