देशभर एकैदिन ५३६४ संक्रमित डिस्चार्ज, १९४५ थपिए


काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १९४५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

यससँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेका छन् ।

यस्तै बितेको २४ घण्टामा ५३६४ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ९१ हजार २ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घन्टामा देशभर थप २२ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार २ सय ९८ पुगेको छ ।

प्रतिक्रिया