चौथो श्रीमति खोज्न तीन श्रीमतिको सहयोग !


सियालकोट(एजेन्सी)– पाकिस्तानका एक व्यक्तिले चौथो हुनेवाला श्रीमतिको खोजी गर्न आफ्ना अघिल्ला तीन श्रीमतिको सहयोग लिएका छन् । पाकिस्तानको सियालकोटमा बस्ने २२ वर्षे अदनानको यसअघि नै तीन पत्नीहरु र छोराछोरी छन् । ती सबै खुशी र सुखी छन् । यद्यपि उनी हाल चौथो हुनेवाला श्रीमतिको खोजीमा छन् ।

त्यसका लागि उनका तीन पत्नी शुंबल, शबाना र शाहिदा अदनानका लागि चौथो श्रीमतिको खोजीमा जुटेका छन् । तर यसका लागि अदनानले एउटा शर्त पनि राखेका छन् । त्यो शर्त के हो भने हुने वाला श्रीमतिको नाम ‘श’ अर्थात ‘एस’बाट शुरु भएको हुनुपर्नेछ । किनकी उनका अघिल्ला तीन श्रीमतिको नामको शुरुको अक्षर एउटै छ ।

अदनान १६ वर्षको हुँदा उनको पहिलो विवाह भएको थियो । त्यो समयमा अदनान एक विद्यालयका छात्र थिए । यसपछि उनले २० वर्षको उमेरमा दोस्रो विवाह गरे र तेस्रो विवाह भने गत वर्ष गरेका थिए । ‘मेरा तीनवटै श्रीमतिहरु प्रेमपूर्वक एकसाथ बसिरहेका छन् । उनीहरुको घरको नियमित कामलाई बाडफाड गरेका छन् । उनीहरु एकअर्काको सन्तानलाई स्याहार्छन् । उनीहरुले कहिले पनि एकअर्का प्रति चित्त दुखाई गरेका छैनन्’, उनले भनेका छन् ।

अदनानका अनुसार उनका लागि एक पत्नीले खाना बनाउने, अर्कोले लुगा धुने र अर्कोले जुत्ता पोलिस गर्ने काम गर्छन् । तर उनले आफूले प्रत्येकलाई पर्याप्त समय दिन नपाएको गुनासो गरेका छन् । अदनान हाल ६ कोठाको एक घरमा बस्छन् । तीन पत्नीसँग बस्दा उनको मासिक एक देखि डेढ लाख पाकिस्तानी रुपैंयाँ खर्च हुने गरेको छ ।

प्रतिक्रिया