

प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत

काठमाडौं – प्रधानमन्त्री बनेको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार आइतबार मतदान भएको थियो। ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाए।
मतदानबाट प्रधानमन्त्री देउवाको पक्षमा १६५ मत पर्यो।
मतदानको क्रममा २७१ मध्ये संसद्मा २४९ सांसद् उपस्थित थिए। जसमध्ये देउवाको विपक्षमा ८३ मत मात्रै पर्यो। नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एमालेका बरिष्ठ नेता माधव पक्षले देउवालाई मत दिए।
१ जना तटस्थ रहे।
प्रधानमन्त्री देउवाको विपक्षमा प्रतिपक्ष दल नेकपा एमालेका केपी ओली पक्षले मात्रै मत दियो। स्वतन्त्र सांसद्को रुपमा रहेका राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले पनि प्रधानमन्त्रीको पक्षमा मत दिइन्।
त्यस्तै, स्वतन्त्र सांसद्को रुपमा रहेका नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिङ्देन तटस्थ बसे।
नेकपा एमालेको संस्थापन पक्ष रहेका प्रेम आले र किसान श्रेष्ठले समेत प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका छन्। यसअघि ओली नेतृत्वको सरकारमा वनमन्त्री थिए सांसद आले।

