

यी हुन् देउवालाई विश्वासको मत दिने ओली पक्षका सांसदहरु

काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा नेकपा एमाले संस्थापन पक्षका केही सांसदहरुले फ्लोर क्रस गरेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका ४ सांसद प्रेम आले, धनबहादुर बुढा, गोपाल बम र किसन श्रेष्ठले फ्लोर क्रस गरेर देउवालाई विश्वासको मत दिएका छन्।
त्यस्तै फ्लोर क्रस गर्नेहरुमा हिरा केसी, पार्वती विसुंखे, कलिला खातुन, विना थापामगर पनि रहेका छन्।
यसअघि ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका सांसद आलेले देउवालाई विश्वासको मत दिएका हुन्। त्यस्तै तनहुँबाट निर्वाचित सांसद किसान श्रेष्ठले पनि देउवालाई विश्वासको मत दिएका छन् ।
उनीहरु विश्वासको मतको पक्षमा मतदान गर्न एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँगै लबीमा प्रवेश गरेका छन्।

