

रावलको राजीनामा रोक्ने प्रयास नेताहरुद्वारा असफल

काठमाडौं – नेकपा एमालेका सांसद भीम रावलको राजीनामा रोक्ने नेताहरुको प्रयास असफल भएको छ ।
रावलले संसद भवन पुगेर पत्रकारअगाडि राजीनामा पत्र वाचन गर्न खोज्दा पनि सुरेन्द्र पाण्डे लगायतका नेताहरुले रोक्ने प्रयास गरेका थिए । तर रावल सहमत भएनन् ।
माधवकुमार नेपाल समूहमा रहेका उपाध्यक्ष रावलले आफ्नो समूहका सांसदहरुको बैठकमा सांसद पदबाट राजीनामा दिने घोषणा गरेका थिए । तर पार्टीमा एकताका लागि क्रियाशील नेताहरुले राजीनामा नदिन आग्रह गरेका थिए ।

