

पुनर्स्थापित प्रतिनिधिसभाको बैठक शुरु

काठमाडौं – संवैधानिक इजलासको परमादेश बमोजिम पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक शुरु भएको छ ।
संवैधानिक इजलासले असार २८ गते प्रतिनिधिसभा पुनर्स्थापना हुने फैसला गर्दै सात दिनभित्र प्रतिनिधिसभाको अधिवेशन बोलाउन आदेश दिएको थियो ।
सोही बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी हुन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठकको शुरुमै राष्ट्रपति कार्यालयबाट आएको अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका छन् ।

