

एकैदिन ९७.२१ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम साढे ११ अर्ब माथि

काठमाडौं – लामो समयसम्मको निराश सेयर बजारमा आइतबार नेप्सेले छलाङ मारेको छ । नेपाल स्ट्क एक्सचेन्जका अनुसार आज आइतबार नेप्से परिसूचक एकै दिन ९७.२१ अंकले बढेर २ हजार ९८०.६१ विन्दुमा पुगेको हो ।
केही समयअघि ३ हजार माथि पुगेर ओरालो यात्रामा रहेको नेप्सेले पुनः आफ्नो उकालो यात्रा तय गरेको हो । नेप्सेका अनुसार आज साताको पहिलो कारोबारका दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १९.५५ अंकले बढेर ५६०.९६ विन्दुमा पुगेको छ ।
यसदिन सबै समूहहरु धनात्मक (पोजेटिभ) भएर बजारमा हरियाली छाएको छ । आज कुल २२१ कम्पनीका २ करोड ८८ लाख कित्ता माथिको सेयर १ लाख १६ हजार २९४ पटक किनबेच हुँदा ११ अर्ब ६३ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ ।
गत हप्ताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक ११.३३ अंकले बढेर २ हजार ८८३ दशमलव ३८ बिन्दुमा पुगेको बजार बन्द भएको थियो ।

