

५ लाख नगदसहित १२ जुवाडे पक्राउ

काठमाडौं – प्रहरीले काठमाडौंबाट जुवा खेलिरहेका १२ जनालाई ५ लाख नगदसहित पक्राउ गरेको छ ।
शनिवार भोटेवहालबाट महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले १२ जनालाई हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा तास र नगद पाँच लाख ३१ हजार पाँच सय रुपैयाँसहित पक्राउ गरेको प्रवक्ता रमेश कुमार बस्नेतले जानकारी दिए ।
पक्राउ गरेको उनीहरूको थप अनुसन्धान भइरहेको छ ।

