

हिलोमा फसेको ट्रयाक्टर निकाल्न खाेज्दा एक्स्काभेटर पहिरोले पुरियाे, एकको मुत्यु एक घाईते

पाल्पा – पाल्पामा पहिरोले ट्याक्टरलाई पुर्दा सहचालकको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् । तिनाउ गाउँपालिका-६ मस्याममा लु ४ त ६६२९ नम्बरको ट्याक्टर र लु १ क २४९६ नम्बरको एक्स्काभेटरलाई पहिरोले पुरेको हो ।
पहिरोमा पुरिएर ट्याक्टरका सहचालक बर्दिया घर भई पाल्पाको डुम्रे बस्दै आएका २७ वर्षका महेन्द्र पुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
एक्स्काभेटरका चालक रैनादेवी छहरा गाउँपालिका-१ सिद्धेश्वरका सरोज बुढा घाइते भएका छन् । बुढाको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ ।
डुम्रेको भित्री कच्ची सडकमा हिलोमा फसेको ट्रयाक्टर निकाल्न गएको एक्स्काभेटरलाई समेत पहिरोले पुरेको हो ।

